२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छ’ : राजदूत बास

अ+ अ-

काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायल नेपालसँग श्रम सहकार्य विस्तारका लागि इच्छुक रहेको बताएका छन्। पोखरामा आज सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले इजरायल र नेपाल सरकारबीच थप श्रम समझदारीका विषयमा छलफल भइरहेको बताएका हुन्। 

राजदूत बासले ‘केयर गिभिङ’, कृषिलगायतका क्षेत्रमा नेपालीलाई थप रोजगारीका अवसर उपलब्ध गराउन पहल भइरहेको बताए । ‘केयर गिभर’का रूपमा नेपाली श्रमिकले इजरायलमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो । राजदूत बासले श्रम, रोजगारीसँगै कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा दुई देशबीचको सहकार्यमा जोड दिए । 

सन् २००१ देखि सञ्चालनमा रहेको ‘सिक्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि विषयमा अध्ययनरत नेपाली विद्यार्थीले व्यावहारिक र सीपमूलक प्रशिक्षणको अवसर पाइरहेको उनले बताए । उक्त कार्यक्रममार्फत विद्यार्थीले केवल सैद्धान्तिक ज्ञान मात्र नभई आधुनिक कृषि प्रविधिको प्रत्यक्ष अनुभवसमेत प्राप्त गर्ने गरेको उनको भनाइ थियो । उक्त कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाहरूले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको राजदूत बासले बताए ।

इजरायलले आफ्नो प्रविधि र अनुभव विकासशील देशहरूसँग साझेदारी गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राजदूत बासले बताए । उनले पर्यटन क्षेत्रमा पनि नेपाल-इजरायलबीच सहकार्य भइरहेको बताए । पछिल्लो समय नेपाल भ्रमणमा आउने इजरायली पर्यटकको सङ्ख्या वृद्धि भएको उल्लेख गर्दै राजदूत बासले पोखरा–दुबई सिधा उडान सुरु भएपछि पर्यटक आगमनमा थप वृद्धि हुने विश्वास व्यक्त गरे । 

नेपाल र इजरायलबीच सिधा हवाई उडान सेवा सञ्चालनको सम्भावनाबारे पनि छलफल भइरहेको राजदूत बासले बताए । प्रकृति र संस्कृतिले धनी रहेको नेपालले इजरायली पर्यटकलाई आकर्षित गरिरहेको उनले बताए । उनले आफू पनि यसअघि पाँच पटकसम्म पोखराको भ्रमणमा आएको सुनाए । 

0 Comments