२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय अपराध मुख्य चुनौती’: प्रहरी प्रवक्ता काफ्ले

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले वर्तमान समयमा सामाजिक सञ्जालको दुरुपयोग र बढ्दो वित्तीय अपराधलाई शान्ति सुरक्षाको मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ ।  

प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता अविनारायण काफ्लेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना (मिसइन्फरमेसन) र भ्रामक सूचना (डिस्इन्फरमेसन) का कारण साम्प्रदायिक, जातीय र धार्मिक सद्भाव खलबलिने जोखिम बढेको बताए । 

यसैगरी, पछिल्लो समय वित्तीय अपराध र साइबर अपराधका घटनाहरू पनि उच्च रूपमा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ । विशेष १० प्रकारका प्रमुख अपराधहरूको विश्लेषण गर्दा साइबरसँग सम्बन्धित ’स्क्यामिङ’ का घटनाहरू बढी देखिएको प्रवक्ता काफ्लेले जानकारी दिए । 

प्रवक्ता काफ्लेले भने, ‘कुनै पनि गतिविधिलाई समयमै समन्वय र रोकथाम गर्न नसकिए त्यसले भयावह रूप लिन सक्छ भन्ने तथ्य हालैका केही घटनाले पुष्टि गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगका कारण सिर्जित सुरक्षा चुनौतीलाई हामीले गम्भीरताका साथ लिएका छौँ ।’

यस्ता सुरक्षा चुनौतीहरूलाई चिर्न र सम्भावित अपराधहरू न्यूनीकरण गर्न नेपाल प्रहरी प्रधान कार्यालयले विशेष कार्ययोजना बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाएको उनले बताए । अपराध रोकथामका लागि प्रहरी प्रशासन बेलैदेखि सचेत रहेको र कार्ययोजना अनुरूप नै अगाडि बढ्ने उनको भनाइ छ ।

0 Comments