२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तलब वृद्धि र महँगी भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालयमा कार्यरत सबै प्रकारका शिक्षक तथा कर्मचारीलाई तलब र सेवा सुविधामा समान व्यवहार गर्न सरकारसँग माग गरेको छ।

काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा महासंघले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनसँगै विद्यालय शिक्षा सुधारका विषयलाई प्राथमिकताका साथ उठाएको हो।

महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी तथा सिकाइ अनुदानमा कार्यरत शिक्षकलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्थामा समान रूपमा नसमेटिएको भन्दै असन्तुष्टि जनाएको छ।

महासंघका अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा यस्तो व्यवस्थाले विद्यालय शिक्षामा कार्यरत शिक्षक तथा कर्मचारीबीच सेवा सुविधामा विभेद सिर्जना गरेको उल्लेख छ।

महासंघले प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकलाई अन्य शिक्षक-कर्मचारीसरह तलब तथा भत्ताको व्यवस्था गर्न माग गरेको छ। उनीहरूका लागि आवश्यक स्थायी दरबन्दी सिर्जना गरी रोजगारी र सेवा सुरक्षाको व्यवस्था गर्नुपर्ने मागसमेत महासंघले अघि सारेको छ।

यसैगरी शिक्षकलाई निजामती कर्मचारीसरह स्थानीय (दुर्गम) भत्ता उपलब्ध गराउनुपर्ने महासंघको माग छ। महासंघले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका माग सम्बोधन नभए पुनः आन्दोलनमा जाने निर्णयसमेत गरेको छ।

0 Comments