२३ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेत प्रहरीद्वारा तीन थान भरुवा बन्दुक बरामद

अ+ अ-

कर्णाली । बराहताल गाउँपालिका ८ सुर्खेत हुर्केस्थित शान्ति सामुदायिक वनबाट सुर्खेत प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरी चौकी बड्डीचौर सुर्खेतबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोलीले आज सामुदायिक वनमा गस्ती गर्ने क्रममा सुकेको सालको रुखको टोड्कामा लुकाइछिपाई राखेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलतर्फ खटिएको थियो । उक्त टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा सोही रुखको टोड्कामा लुकाइराखिएको थप एक थान भरुवा बन्दुक फेला पारेको उनले बताए ।

सो स्थानबाट तीन थान भरुवा बन्दुक बरामद भएको र बरामद बन्दुकबारे अनुसन्धान भइरहेको उनले बताए । घटनास्थल प्रहरी चौकी बड्डीचौरबाट करिब १२ किलोमिटर पूर्व र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट करिब ३२ किलोमिटर पूर्वमा पर्छ ।

0 Comments