२३ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि हो’: डा. राउत

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले विभिन्न राजनीतिक दल र समूह मिलेर गठन गरिएको अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि नभएको बताएका छन् । 

शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा अध्यक्ष राउतले संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चा गठन गरिएको बताएका हुन् । उनले देशमा राजनीतिक दल र नेतृत्वप्रति जनताको निराशा बढिरहेका बेला नयाँ राजनीतिक मोर्चाको गठन आवश्यक परेको दाबी गरे । हाल मुलुक अराजकता तर्फ धकेलिएको उनको आरोप छ ।  अराजकतालाई परास्त गरेर देशलाई संविधानवादमा सञ्चालन गर्न लोकतान्त्रिक, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी र समाजवादी धारका शक्तिहरूलाई समेटेर अग्रगामी मोर्चा गठन गरिएको उनले बताए ।

उनले देश संविधान र विधिअनुसार सञ्चालन हुनुपर्नेमा मौखिक आदेश वा मनोमानी रूपमा सञ्चालन भइरहेको पनि आरोप लगाए । लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता र मानव अधिकारलगायतका उपलब्धिको रक्षामा मोर्चा अग्रपक्तीमा रहने उनको भनाई छ । मोर्चा गठनपछि सत्तामा रहेका केही व्यक्तिहरूले आफ्नो पद जोखिममा परेको ठानेको भन्दै उनले कसैको कुर्सी खोस्ने आफूहरूको लक्ष्य नरहेको बताए । तर सत्तामा रहेकाहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यताअनुसार शासन सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘हामी यहाँ संविधानवाद चाहन्छौँ । देशलाई संविधान अनुसार चलोस्, विधिसम्मत तरिकाले चलोस्, ल एन्ड अर्डरमा चलोस् । कसैको मौखिक कानुन अनुसार होइन, संविधान अनुसार चलोस् भन्ने कुरा, भन्ने प्रयोजन, भन्ने उद्देश्य राखेर नै हामी यो अग्रगामी मोर्चा यहाँ गठन गरेका छौँ । त्यही भएर हामी सबैलाई अनुरोध पनि गर्न चाहन्छौँ कि विगतमा पनि हामीबाट गल्तीहरू भएका होलान् । त्यो मोर्चा बनाउँदाखेरि होस्, पार्टी हाँक्दाखेरि होस्, जनताको बीचमा जाँदाखेरि होस्, सरकार चलाउँदाखेरि होस्, ती सबै कमी कमजोरीहरूलाई समीक्षा गर्दै, त्यसलाई सुधार गर्दै आगामी दिनको लागि प्रतिबद्धता गर्दै हामी अगाडि बढ्नुपर्ने हुन्छ । त्यसको लागि पनि हामी प्रतिबद्ध भएर नै यहाँ जम्मा भएका छौँ, त्यो पनि हामी यहाँ भन्न चाहन्छौँ । केही साथीहरूलाई यो मोर्चाको घोषणा भए देखि केही यस्ता पनि पात्रहरू छन्, कुर्सी मा बसेका पात्रहरू छन् जसलाई लाग्छ हाम्रो कुर्सी खतरामा पर्‍यो कि । म उहाँहरूलाई पनि आश्वस्त पार्न चाहन्छु, यो मोर्चा संघर्षको लागि बनेको मोर्चा हो, सत्ता प्राप्तिको लागि हामीले गठबन्धन गरेका होइनौँ । तपाईँहरू ढुक्क कुर्सी मा बस्नुस्, कुर्सीमा बसेर चलाउनुस् । हामी तपाईँहरूको कुर्सी खोस्नका लागि यो मोर्चा बनाएका होइनौँ ।’

राउतले मोर्चाको गठनले जनतामा देखिएको राजनीतिक निराशा र ‘अभिभावकविहीन’ अवस्थाको अनुभूति अन्त्य गर्ने दाबी गरे । उनले मोर्चामा आबद्ध नेता–कार्यकर्तालाई गाउँ–टोलसम्म पुगेर जनतालाई राजनीतिक अराजकता अन्त्य गर्ने सन्देश दिन आग्रह पनि आग्रह गरे। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल लगायतका राजनीतिक दलहरूले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गठन गरेका छन् ।

0 Comments