२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक

अ+ अ-

काठमाडौँ । नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा गरिएको छ । ओपन डोर्स इन्टरटेनमेन्ट प्रा.ली.को निर्माणमा तयार हुन लागेको यस कार्यक्रमको बिहीबार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो । 

हास्यव्यङ्ग्यमा आधारित यस प्रतिष्ठित रियालिटी शोमा महानायक राजेश हमाल प्रमुख निर्णायक तथा ‘लिग प्रेसिडेन्ट’ को भूमिकामा देखिने छन् ।

कार्यक्रममा नेपाली चलचित्र तथा हास्य क्षेत्रका स्थापित कलाकारहरू विल्सन विक्रम राई, लुनिभा तुलाधर, रवीन्द्र झा र सुरक्षा पन्तले क्याप्टेन तथा मेन्टरको जिम्मेवारी सम्हाल्नेछन् । कार्यक्रमका लागि देशका प्रमुख पाँच शहरहरूमा अडिसन आयोजना गरिने निर्माण पक्षले जनाएको छ । 

तालिकाअनुसार साउन २९ गते दमक (कदम थिएटर), साउन ३१ गते नारायणगढ (राइनो वाटर होटेल), भदौ २ गते नेपालगञ्ज (सिद्धार्थ होटेल), भदौ ४ गते पोखरा (पोखरा थिएटर) र भदौ ६ गते काठमाडौँमा अडिसन सञ्चालन हुनेछ । भौतिक रूपमा अडिसन स्थलसम्म पुग्न असमर्थ तथा विदेशमा रहेका नेपाली भाषी प्रतिभाहरूका लागि डिजिटल अडिसनको समेत व्यवस्था गरिएको छ । अडिसनबाट छनोट भएका उत्कृष्ट ३२ प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहको नेतृत्व एक–एक जना क्याप्टेनले गर्नेछन् । 

‘सुपर कमेडी लिग’ मुख्यतः समूहमा आधारित प्रतिस्पर्धा हुनेछ । यसमा एउटा स्क्रिप्टमा कम्तीमा दुई जना वा सोभन्दा बढी प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनुपर्नेछ । स्केच, स्किट तथा ड्रामेडी (ड्रामा र कमेडी) शैलीमा आधारित यस कार्यक्रमको मुख्य उद्देश्य परम्परागत कमेडियन मात्र नभई उत्कृष्ट ‘कमेडी एक्टर’ को खोजी गर्नु रहेको निर्देशक एलिन श्रेष्ठले बताए । नेपाल आइडल, सारेगमपा लिटिल च्याम्प्स, बुगी वुगी र मेरो भ्वाइस युनिभर्सजस्ता ठूला रियालिटी शोहरूको निर्देशन गरिसकेका अनुभवी निर्देशक श्रेष्ठले यस शोलाई नेपाली टेलिभिजनकै ‘प्रिमियम कमेडी रियालिटी शो’ का रूपमा स्थापित गर्ने लक्ष्य राखेका छन् ।यो कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनका साथै ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत प्रसारण हुनेछ । त्यस्तै, कार्यक्रमका पर्दापछाडिका गतिविधिहरू सारंगी मिडियामार्फत हेर्न सकिनेछ । 

सबै उमेर समूहका दर्शकलाई लक्षित गरिएको यो विशुद्ध पारिवारिक मनोरञ्जनात्मक कार्यक्रम भदौको अन्तिम सातादेखि नियमित प्रसारण हुनेछ । 

अनुभवी प्राविधिक टोली, प्रख्यात मेन्टर र नयाँ प्रतिभाहरूको समन्वयले नेपाली दर्शकलाई फरक स्वादको हास्य मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण पक्षले लिएको छ । 

0 Comments