२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको आरोप : ‘सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्यो’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो आरोप लगाएका हुन् । 

उनले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाघ्न थालेको आरोप पनि लगाए । उनले कार्यपालिकाले न्यायपालिकाको सीमासमेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र सांसदलाई समेत नमान्ने प्रवृत्ति दोहोरिएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गरे । 

उनले प्रधानमन्त्री वालेन्द्र साहले भनेको ‘एक्सप्रेस वे’मा सरकार बिनाब्रेक चल्न सक्ने तर लेन मिच्न नपाउने टिप्पणी गरे । उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाए । सभापति थापाले अहिले दिनदिनै मन्त्री र सत्तारुढ दलका सांसदहरूले हप्कीदप्की दिने गरेको कुराहरू बाहिर आइरहेको भन्दै यसले मुलुकलाई ठिक दिशातिर लैजान नसक्ने बताए । वर्तमान सरकार बरालिएर हिँडेको उनको आरोप छ ।

सभापति थापाले सरकारले गरेका अराजक गतिविधिमाथि खबरदारी गरेर ठिक ठाउँमा ल्याउने काम काँग्रेसको भएको बताएका छन् ।

0 Comments