२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनस्थलीमा नगद र मोबाइल लुटपाट गरेको आरोपमा चार जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट सात थान मोबाइल र ५७ हजार ९६ रुपैयाँ नगदसहित विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साउन २२ गते दिउँसो करिब २ बजे काठमाडौं महानगरपालिका-१६ वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट भएको थियो। घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले संलग्न व्यक्तिको खोजतलास सुरु गरेको थियो।

खोजतलासका क्रममा प्रहरीले सोही दिन दिउँसो करिब साढे २ बजे नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठाबाट चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा उदयपुरको उदयपुर गढी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने ३१ वर्षीय चुरन मगर, तनहुँको शुक्लागण्डकी नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ३३ वर्षीय राज कुमार गुरुङ, महोत्तरीको बर्दिवास नगरपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछापको रामेछाप नगरपालिका-५ घर भएका ३१ वर्षीय विजय बाबु घिसिङ रहेका छन्।

प्रहरीले उनीहरू बसेको कोठाबाट सात थान मोबाइल, नगद ५७ हजार ९६ रुपैयाँ, एक थान ताल्चा र एक थान हेक्सा ब्लेड बरामद गरेको जनाएको छ।

पक्राउ परेका चारै जनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ। घटनामा उनीहरूको संलग्नता तथा लुटपाटसम्बन्धी अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments