२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगनलाई पूर्णबहादुरको आग्रह : ‘काँग्रेसको सम्पूर्ण एकताको निर्णायक तपाईँ हो, हिम्मतका साथ अग्रसर हुनुस्’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि दिएको निस्सालाई काँग्रेसभित्र सम्पूर्ण एकता कायम गर्ने ‘अन्तिम अवसर’का रूपमा लिन आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै खड्काले पार्टी सभापति गगन थापालाई एकताका लागि तत्काल निर्णायक अग्रसरता लिन विशेष आग्रह गरेका हुन्। पार्टीभित्र अहिले देखिएको परिस्थितिमा सभापति थापाकै भूमिका निर्णायक हुने उनको भनाइ छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट निस्सा जारी भएपछि काँग्रेसकै नेता तथा कार्यकर्ताबाट सामाजिक सञ्जालमा आएका अभिव्यक्तिले आफूलाई चिन्तित बनाएको खड्काले बताएका छन्।

उनले लेखेका छन्, ‘पार्टीको आधिकारिकताको विवादका विषयमा सम्मानित सर्वोच्च अदालतले हामीलाई निस्सा दिएपछिको तीन दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका–टिप्पणी हेर्दा साह्रै चिन्तित बनाएको छ।’

खड्काले मुलुकको राष्ट्रियता प्रतिकूल र संकटपूर्ण अवस्थामा रहेको तथा लोकतान्त्रिक संविधानलाई धरापमा पार्ने षड्यन्त्र भइरहेको दाबीसमेत गरेका छन्। यस्तो अवस्थामा काँग्रेस स्वयं पनि इतिहासकै कमजोर र प्रतिकूल अवस्थाबाट गुज्रिरहेको उनको विश्लेषण छ।

देश र पार्टीले सामना गरिरहेका चुनौतीबीच काँग्रेसभित्र सम्पूर्ण एकता अहिलेको पहिलो आवश्यकता भएको खड्काले बताएका छन्। त्यसका लागि पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गर्दै संवाद र सहमतिबाट सुदृढ एकता कायम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

वर्तमान चुनौती सामना गर्न पार्टीका जिम्मेवार व्यक्तिहरू व्यक्तिगत महत्त्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाभन्दा माथि उठेर सामूहिक भावनाका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ।

सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सालाई खड्काले पार्टीभित्र एकता कायम गर्ने अवसरसँग जोडेका छन्।

‘सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौँ,’ उनले भनेका छन्।

यसै सन्दर्भमा उनले सभापति थापालाई पार्टी एकताको नेतृत्व लिन आग्रह गरेका छन्। ‘पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष–विशेष आग्रह र अनुरोध छ, तपाईँ हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ,’ खड्काले भनेका छन्। उनले थप स्पष्ट पार्दै थापालाई ‘निर्णायक तपाईँ हो-तपाईँ’ भनेर सम्बोधन गरेका छन्।

खड्काले पार्टी एकताका लागि अनुकूल वातावरण बनाउन काँग्रेसका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेता तथा कार्यकर्तालाई पनि अपिल गरेका छन्।

पार्टीभित्रका मतभेदलाई सामाजिक सञ्जालको आरोप-प्रत्यारोप र गालीगलौजबाट थप चर्काउन नहुने उनको भनाइ छ। सामाजिक सञ्जालमा चल्ने ‘दोहोरी र गालीगलौज’ले कुनै निष्कर्षमा नपुर्‍याउने भन्दै त्यस्तो प्रवृत्ति सामूहिक रूपमा रोक्न उनले आग्रह गरेका छन्।

राष्ट्र, लोकतन्त्र र पार्टीको अस्तित्व एक अर्कासँग जोडिएको उल्लेख गर्दै खड्काले भनेका छन्, ‘राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, पार्टी रहन्छ। अनि, त्यसमा हामी रहने ठाउँ रहन्छ। नभए सबै खरानी हुन्छ। हामी सबैमा हेक्का रहोस्।’

0 Comments