२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउनको अन्तिम सोमवार: पशुपतिमा वागमतीको जल लिएर दर्शनमा भक्तजन (तस्बिरहरू)

अ+ अ-

काठमाडौँ । साउन महिना भगवान् शिवको अति प्रिय महिना मानिन्छ । विशेष गरी साउनको सोमवार व्रत बसी भगवान् शिवको जल अभिषेक, पूजा र ध्यान गर्नाले पारिवारिक सुख, शान्ति, निरोगिता र मनोकाङ्क्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

आज साउनको अन्तिम सोमवार भएकाले महिनाभरि सोमवारे व्रत बसेका श्रद्धालुहरूले विशेष साङ्ग्रो (व्रत उद्यापन) गरी पूजाआजा सम्पन्न गरिरहेका छन् । पशुपति परिसरमा बोलबम ! जय शिव ! को ओझपूर्ण ध्वनि गुञ्जिरहेको छ ।

सुन्दरी जलबाट धापेर पवित्र बागमतीको जल ल्याई पशुपतिनाथको ज्योतिर्लिङ्गमा चढाउने बोलबमका गेरुवा वस्त्रधारी टोलीहरू विशेष आकर्षण बनेका छन् । युवायुवतीहरू हातमा रुद्राक्ष, बेलपत्र र तामाको कलश समातेर शिवभक्तिमा झुमिरहेका देखिन्छन् । साथै, पशुपतिको पावन पृष्ठभूमिमा आफ्ना परिवार र साथीहरूसँग सेल्फी र तस्बिर खिचेर यो पवित्र दिनलाई स्मरणीय बनाउने दृश्य पनि मनमोहक छ ।

साउनको सोमवार पशुपतिनाथमा अर्पण गरिएको एउटै बेलपत्र र बागमतीको जलले करोडौँ जन्मको पाप पखाल्ने धार्मिक मान्यता छ । पशुपति क्षेत्र विकास कोष र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सहकार्यमा मन्दिर परिसरमा सुरक्षा तथा सहज दर्शनको व्यवस्था मिलाइएको छ । दर्शनार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीको मेडिकल टोलीद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ, जहाँ ज्येष्ठ नागरिक तथा बिरामी श्रद्धालुहरूको रक्तचाप जाँच र प्राथमिक उपचार भइरहेको छ ।

पशुपतिको बाहिरी परिसरमा असहायहरूलाई भोजन तथा दानपुण्य गर्ने क्रम पनि निरन्तर चलिरहेको छ । मन्दिरको मूल प्राङ्गण तथा बागमती किनारमा पण्डित–पुजारीहरूबाट संकल्प गराई रुद्री, चण्डी पाठ तथा टीका–प्रसाद ग्रहण गर्ने भक्तजनहरूको भीड छ । कपुर र धूपको सुगन्धित धुवाँ, घिउका दियाहरू र ’ॐ नमः शिवाय’ को गुञ्जनले सम्पूर्ण पशुपतिनाथ क्षेत्रलाई कैलाश धाम सरह दिव्य र आध्यात्मिक बनाएको छ ।

0 Comments