२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदाचार नीति कार्यान्वयनमा सांसद भट्टको जोड: ‘अरूलाई सुधार्नुअघि आफू सुध्रिन आवश्यक’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले राष्ट्रिय सदाचार नीतिको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार निकायमा रहेका व्यक्तिहरूको व्यवहारमा सुधार आउनुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवारको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै सांसद भट्टले राजनीतिज्ञ र सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरू कर्तव्यप्रति उत्तरदायी हुन नसक्दा यस्ता नीतिहरू ल्याउनुपरेको बताएका हुन् ।

 उनले नीति पारित गर्नु सकारात्मक भएपनि नीति बनाउने र कार्यान्वयन गर्नेहरूको आचरण नै मुख्य प्रश्नको विषय बनेको उल्लेख गरे। सांसद भट्टले सरकारले सदाचार नीति पारित गरे पनि मन्त्रीहरूको भाषण र व्यवहारले त्यसलाई आत्मसात् नगरेको आरोप लगाए। 

नीति पारित गर्नेहरूले नै त्यसको उल्लंघन गरिरहेको भन्दै उहाँले जिम्मेवारीमा रहेका व्यक्तिहरूले अरूलाई उपदेश दिनुअघि आफू सुध्रिनु पर्ने बताए। 

उनले भने, ‘सदाचार भनेको बोली, वचन र व्यवहारमा देखिनुपर्ने विषय हो । कानूनको अभावले मात्र समस्या भएको होइन । बलात्कार र हत्याजस्ता जघन्य अपराधका विरुद्ध कडा कानुन भएपनि यस्ता घटना भइरहेकै छन्। यो मानवता र संवेदनशीलतासँग जोडिएको विषय हो । जसले यो नीति निर्णय गर्नुभयो, उहाँहरूले यसलाई व्यवहारमा उतार्नुभएको छ कि छैन ? मन्त्रीजीहरूको बोली र व्यवहारले सदाचारलाई प्रवर्द्धन गरिरहेको छ कि छैन, त्यो मुख्य कुरा हो ।’

अनुगमनकारी निकायहरूको प्रभावकारितामाथि प्रश्न उठाउँदै भट्टले राष्ट्रिय सतर्कता केन्द्र जस्ता संस्थाहरूले प्रधानमन्त्री वा मन्त्रीहरूलाई निर्देशन दिन नसक्ने अवस्था रहेको चर्चा गरे । सदाचार नीति ‘स्वकार्यान्वयन’ को विषय भएकोले यसलाई कसैको निर्देशनभन्दा पनि जिम्मेवार व्यक्तिहरूको स्वनियमनका रूपमा बुझ्नुपर्ने उनको तर्क छ । यसैगरी, भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थाहरू क्रियाशील रहे पनि भ्रष्टाचार नरोकिएकोमा उनले चिन्ता व्यक्त गरे ।

 उनले नीति निर्माण तहमा रहेका व्यक्तिहरूले आफ्ना आचरण सुधार्दै राष्ट्रिय सदाचार नीतिलाई व्यवहारमा उतार्न सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताए।

0 Comments