काठमाडौँ । राहदानी विभागले राहदानी सेवा लिन आउने सेवाग्राहीलाई आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित हुन आग्रह गरेको छ।
विभागले एक सूचना जारी गर्दै राहदानी आवेदनका क्रममा तोकिएको समयभन्दा अगाडि वा पछाडि अनावश्यक रूपमा विभागमा उपस्थित नहुन सेवाग्राहीलाई अनुरोध गरेको हो।
विभागका अनुसार आवेदन फाराममा उल्लेख भएको निर्धारित मिति र समयमै सेवा लिन उपस्थित हुँदा सेवा प्रवाह व्यवस्थापनमा समेत सहजता हुने जनाएको छ।
राहदानी विभाग, त्रिपुरेश्वरले सेवाग्राहीको चाप व्यवस्थापन तथा सेवा प्रक्रियालाई व्यवस्थित बनाउन यस्तो आग्रह गरेको हो। विभागले सूचनामार्फत सम्बन्धित सबै सेवाग्राहीलाई तोकिएको समय पालना गर्न अनुरोध गरेको छ।







