काठमाडौँ । जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका-७ धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
तौलिहवा-भैरहवा सडकखण्डको सडक छेउमा बिग्रिएर बनाउँदै गरेको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु.८२ प ८६२८ नम्बरको १५० सीसीको बजाज पल्सर मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ कटैयाभारीका २३ वर्षीय सन्तोष कहार गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा चिकित्सकले राति ११:१३ बजे मृत्यु भएको घोषणा गरेका हुन् ।
मोटरसाइकलमा सवार जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका-७ पिपरहवाका अन्दाजी ३२ वर्षीय शेषराम पासी र सोही स्थानका अन्दाजी २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन् । दुवै जना घाइतेको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको ।






