२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मोबिलिटी फर अल’ को लक्ष्यसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ शुरु: नीतिगत स्थिरता र पूर्वाधारमा जोड

अ+ अ-

काठमाडौँ । नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण मंगलवारदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।

एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटो मोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताइन् । एक वर्षअघि २१ सदस्य कम्पनीबाट शुरु भएको नाइमामा हाल ३६ कम्पनी आबद्ध भइसकेको जानकारी दिँदै उनले यसले उद्योगको साझा उद्देश्यप्रतिको विश्वास दर्शाएको उल्लेख गरिन् । अध्यक्ष वैद्यले यातायात (मोबिलिटी) लाई केवल विलासिता वा सरकारी राजश्वको माध्यमका रूपमा मात्र नहेर्न आग्रह गरिन् ।

नेपाल स्वच्छ र दिगो यातायातको भविष्यतर्फ अघि बढिरहेको सन्दर्भमा अध्यक्ष वैद्यले सरकारको हरित अर्थतन्त्रको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताइन् । विद्युतीय सवारी साधनसँगै हाइब्रिड र अन्य उदयमान प्रविधिहरूको वर्गीकरण, कर प्रणाली र परीक्षणमा स्पष्टता ल्याउन सरकार र निजी क्षेत्रबीच प्राविधिक बुझाइमा एकरूपता हुनुपर्नेमा उनले जोड दिइन् । निजी क्षेत्रले नीतिगत स्थिरता र पूर्वानुमान योग्य नीतिको अपेक्षा गरेको बताइन् ।

उनले भनिन्, ‘यातायात नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी र बजारसँगको पहुँच जोड्ने आधारभूत आवश्यकता हो । यसैले हाम्रो मुख्य लक्ष्य मोबिलिटी फर अल (सबैका लागि सहज यातायात) हुनुपर्छ । बारम्बार परिवर्तन हुने नीति र अस्पष्ट व्याख्याले लगानीकर्तामा अन्योल सिर्जना गर्छ । सरकारले कुनै पनि नयाँ नीति वा नियम ल्याउनुअघि सरोकारवालाहरूसँग अनिवार्य परामर्श गर्नुपर्छ ।’

उनले नेपालमा सवारी साधन एसेम्बली र सहायक उद्योगहरूको प्रवर्द्धनका लागि दीर्घकालीन रणनीतिक खाका आवश्यक रहेको औँल्याइन् । साथै, ब्याट्री रिसाइक्लिङ नीति, इथानोल ब्लेन्डिङको सम्भाव्यता र अत्याधुनिक सवारी परीक्षण केन्द्रको स्थापनाका लागि सरकारसँग सहकार्य गर्न नाइमा तयार रहेको जानकारी दिइन् । ६ दिनसम्म चल्ने यस एक्स्पोमा ५५ वटा ब्राण्डका सवारी साधनहरू प्रदर्शनीमा राखिएका छन् भने ४० वटा नयाँ मोडेलहरू सार्वजनिक गरिने कार्यक्रम छ । प्रदर्शनीका साथै ‘मोबिलिटी संवाद’ मार्फत वैदेशिक लगानी, एआईको प्रयोग, ब्याट्री रिसाइक्लिङ र उद्यमशीलताजस्ता विषयमा विज्ञहरूबीच छलफल हुनेछ ।

0 Comments