२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो’ सुरु, ४० नयाँ मोडल सार्वजनिक हुँदै

अ+ अ-

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ ।

अटोमोबाइल क्षेत्रका नयाँ सवारीसाधन, प्रविधि र सेवाहरू एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित एक्स्पोमा ५३ ब्रान्डको सहभागिता रहेको आयोजकले जनाएको छ । एक्स्पोमा ५१ स्टल राखिएका छन् भने विभिन्न कम्पनीका ४० नयाँ मोडलका सवारीसाधन सार्वजनिक हुनेछन् ।

एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारीसाधन र मोबिलिटीसँग सम्बन्धित नयाँ प्रविधि तथा सेवाहरू प्रदर्शनीमा राखिएका छन् ।

आयोजकका अनुसार गत वर्ष सम्पन्न पहिलो संस्करणको तुलनामा यसपटक ब्रान्ड तथा सवारीसाधनको सहभागिता बढेको छ । एक्स्पोमा देखिएको नयाँ प्रविधि र सवारीसाधनको उपस्थितिले नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय भइरहेको परिवर्तनसमेत देखाएको छ ।

यसपटकको एक्स्पोमा विशेष गरी विद्युतीय सवारीसाधन (ईभी)को उल्लेख्य उपस्थिति देखिएको छ । चारपांग्रे सवारीको प्रदर्शनीमा ईभीको हिस्सा बढेको छ भने सार्वजनिक हुने नयाँ मोडलमध्ये पनि इलेक्ट्रिक कार, एसयूभी र ह्याचब्याकको संख्या उल्लेख्य छ ।

नेपालमा पछिल्ला वर्षमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणसँगै विभिन्न ब्रान्डले नयाँ मोडल बजारमा ल्याइरहेका छन् । एक्स्पोमा देखिएको ईभीको बढ्दो उपस्थितिले आगामी दिनमा नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीबीचको प्रतिस्पर्धा थप बढ्ने संकेत गरेको छ ।

0 Comments