२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

अ+ अ-

ओखलढुंगा । रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ । कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलोडाँडादेखि सानीटारसम्मको ६।५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ । 

कार्यालयले एक महिनाभित्र बोलपत्र टुङ्ग्याएर दुई वर्षभित्र कालोपत्रको काम सक्ने गरी तयारी गरिरहेको जनाएको छ । “हामीले पूरै नयाँ काम गर्ने गरी बोलपत्र आह्वान गरेका छौँ”, पूर्वाधार विकास कार्यालयका प्रमुख सुरेशप्रसाद साहले भने, “अहिले रु. ३० करोड बजेटमा ४० एमएम थीक रहने अस्फाल्ड कङ्क्रिट कालोपत्र गर्ने हाम्रो तयारी हो ।”

कार्यालयका अनुसार पहिलो चरणमा डिजाइन गरिएको रमाइलोडाँडा सानीटार भागमा रहेको पुरानो जीर्ण कालोपत्र उप्काएर अस्फाल्ड प्रविधिबाट कालोपत्र गरिनुको साथै ड्रेन, मेसिनरी वाल, ग्याबिन वाल, लङ वाल, कल्भर्टलगायतका संरचना पनि निर्माण गरिनेछ । सानीटारदेखि रुम्जाटारसम्मको बाँकी ४.१ किलोमिटर क्षेत्रका लागि भने अहिले तत्काल  काम हुनेछैन ।

यसअघि २०७४ सालमा एसियाली विकास बैंक र स्वीस सरकारको रु. २० करोड ६८ लाख अनुदान सहयोगमा आपत्कालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत ओखलढुंगा रुम्जाटार सडकमा डिबीएसटी कालोपत्र गरिएको थियो । करिव ११.१ किलोमिटर सडकमा गरिएको कालोपत्र नौ महिनामै उप्किन थालेको थियो । तत्कालीन समयको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गामार्फत ठेक्का लागेर सडकमा बिछ्याइएको कालोपत्र कमसल र गुणस्तरहीन भएको जनाउँदै जनगुनासोसमेत आएको थियो ।

पछिल्लो समयमा समेत ठूलाठूला खाल्डा, हिलो र पानी जम्ने आहालले बेहाल सडकका कारण स्थानीय नागरिकले सास्ती खेप्दै आएका थिए । कालोपत्र आयोजना सञ्चालन गर्ने कार्यालय जिल्लाबाट खारेज भएपछि सडकको मर्मतसमेत हुन सकेको थिएन । 

रुम्जाटारमा ओखलढुंगाको जिल्ला अस्पताल तथा रुम्जाटार विमानस्थलसमेत छ । सो क्षेत्र जिल्लाको पर्यटकीय क्षेत्र हो । लामो समयसम्म जीर्ण बनेको ओखलढुंगा रुम्जाटार सडकमा नयाँ बजेट व्यवस्थापनसहित प्रदेश सरकारले फेरि कालोपत्रको प्रक्रिया अघि बढाएपछि जिल्लाका बासिन्दामा सहज यात्राको आशा पलाएको छ ।

0 Comments