२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव बढुवाको प्रक्रिया पनि अघि बढ्यो

मन्त्रालय गाभ्ने र दरबन्दी कटौतीको चर्चासँगै अनिश्चित बनेको सचिव बढुवा प्रक्रिया अघि बढेको छ। बढुवा समितिले सम्भावित उम्मेदवारहरूको विवरण माग गर्ने निर्णय गरेसँगै रोकिएको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको हो।

अ+ अ-

काठमाडौँ । लामो समयदेखि रोकिएको र अनिश्चित बनेको सचिव बढुवा प्रक्रिया अघि बढेको छ। मन्त्रालयहरू गाभ्ने तथा सचिवसहितका उच्च तहका दरबन्दी घटाउने विषय चर्चामा आएसँगै प्रभावित बनेको बढुवा प्रक्रिया बुधबारबाट अघि बढेको हो।

सिंहदरबारमा बुधबार बसेको सचिव बढुवा समितिको बैठकले बढुवाका सम्भावित उम्मेदवारहरूको विवरण माग गर्ने निर्णय गरेको प्रशासन सिंहदरवार विशेष स्रोतले जनाएको छ।

सचिव बढुवा सिफारिसको प्रक्रिया सामान्यतः दुई चरणमा अघि बढ्ने गरेको छ। पहिलो चरणमा सम्भावित उम्मेदवारहरूको विवरण संकलन तथा परीक्षण गरिन्छ। यस क्रममा उम्मेदवारको सेवा विवरणसँगै विभागीय कारबाही भए/नभएकोलगायत आवश्यक विवरणसमेत हेरिनेछ।

सम्बन्धित विवरण प्राप्त भएपछि बढुवा समितिको अर्को बैठक बस्नेछ। उक्त बैठकले प्राप्त विवरणका आधारमा योग्य उम्मेदवारमध्येबाट सचिव बढुवाका लागि नाम सिफारिस गर्नेछ।

पछिल्लो समय मन्त्रालयहरूको संख्या घटाउने, मन्त्रालय गाभ्ने तथा उच्च तहका दरबन्दी पुनरावलोकन गर्ने विषय उठेसँगै सचिव बढुवाको प्रक्रिया अनिश्चित बनेको थियो। समितिको बुधबारको निर्णयसँगै रोकिएको बढुवा प्रक्रिया पुनः अघि बढेको छ।

0 Comments