२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कंगोमा इबोला भाइरसबाट मृत्यु सङ्ख्या दुई हजार नाघ्यो चार हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि

अ+ अ-

एजेन्सी । लोकतान्त्रिक गणतन्त्र कंगोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो ।

अल जजिराले आधिकारिक सरकारी तथ्यांकलाई उद्धृत गर्दै पछिल्लो तीन हप्तामा कम्तिमा एक हजार जनाको मृत्यु भएको जनाएको छ भने भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ । मंगलबारसम्म कंगोका पाँच प्रान्तमा चार हजार ३८१ जनामा इबोला सङ्क्रमण पुष्टि भएकोमा दुई हजार ११ जनाको मृत्यु भएको जनाइएको छ ।

महामारीको तीव्र गतिमा बढिरहेको छ भने अन्तर्राष्ट्रिय अधिकारीले सङ्क्रमण नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपिल गरेका छन् । संयुक्त राष्ट्र संघीय आपत्कालीन राहत संयोजकद्वारा नियुक्त वरिष्ठ इबोला संयोजक जुलियन हार्नेसले सामाजिक सञ्जाल एक्समा सङ्क्रमणका कारण बढ्दो मानव मृत्युलाई प्रष्ट पारेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पूर्वाधार सुदृढीकरण गर्न, लिटामा डब्ल्यूएचओद्वारा निर्मित उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ । यो प्रयासलाई युनिसेफ, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लगायत मानवीय साझेदारसँगै स्वास्थ्य मन्त्रालयले समर्थन गरेको जनाइएको छ ।

गत हप्ता, रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र (अफ्रिका सीडीसी) र डब्ल्यूएचओले संयुक्त रूपमा डीआरसीमा समुदाय नेतृत्वको प्रतिक्रियाको तत्काल विस्तारको लागि आह्वान गरेका थिए ।

डब्ल्यूएचओका अनुसार अगस्ट ४–५ मा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस, अफ्रिका सीडीसीका महानिर्देशक जीन कासेया र अफ्रिकाका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीको नेतृत्वमा युगान्डा र डीआरसीको संयुक्त उच्चस्तरीय मिसन पछि यो प्रयास भएको जनाइएको छ ।

इबोला रोग एक भाइरल रक्तस्रावी ज्वरो हो जुन इबोला भाइरसको बुन्डिबुग्यो भाइरस स्ट्रेनको सङ्क्रमणबाट हुन्छ । यो उच्च मृत्युदर भएको गम्भीर रोग भएको जनाइएको छ हालसम्म बुन्डिबुग्यो भाइरसले गर्दा हुने इबोला रोगलाई रोक्न वा उपचार गर्न कुनै खोप वा विशेष उपचार स्वीकृत गरिएको छैन ।

0 Comments