सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट ठूलो परिमाणको लागू औषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला पतरा पञ्चायत वडा नं.-०६ बस्ने १९ वर्षीय ईस्मत उल्हा रहेका छन्।
बुधवार बेलुका ७:३० बजेको समयमा भोक्राहा नरसिंह गाउँपालिका वडा-६ उल्टीमोडस्थित सडकमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।






