२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राजदुत नियुक्तिमा विज्ञता आवश्यक’ : पूर्व मन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परराष्ट्र नीतिमा सबै राजनीतिक दल र सरोकारवालाहरूको साझा दृष्टिकोण हुनुपर्ने बताएका छन् । 

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति: अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै पाण्डेले परराष्ट्र मामिलामा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले सबै राजनीतिक दल र कूटनीतिका अध्येताहरूलाई एउटै मञ्चमा राखेर मुलुकको निश्चित परराष्ट्र नीति तय गर्नुपर्ने प्रस्ताव गरे। नेपालमा परराष्ट्र नीतिका बारेमा जनस्तरमा व्यापक चर्चा हुने गरे पनि यसका प्राविधिक पक्ष र कार्यविधि (मोडालिटी) बारे बुझाइको कमी रहेको उनको भनाइ छ । परराष्ट्र नीतिलाई प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) लाई थप सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए। 

यसअघि परराष्ट्र मामिलाका सम्बन्धमा विभिन्न समितिहरू गठन गरी सुधारका प्रयास गरिएको स्मरण गर्दै उनले कूटनीतिक नियुक्तिहरूलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने उल्लेख गरे ।

पाण्डेले भने, ‘हाम्रो विदेश नीतिमा एक विचार र एक दृष्टिकोण हुनुपर्छ भनेर हामी सबै फोरममा भन्छौँ । तर हामी किन त्यसो गर्न सकिरहेका छैनौँ भन्ने विषयमा पनि गम्भीर अध्ययन हुनुपर्छ । सबै राजनीतिक दल र कूटनीतिका अध्येताहरूलाई एउटै फोरममा राखेर अबको नेपालको परराष्ट्र नीति कस्तो हुने भन्नेमा एउटा साझा दृष्टिकोण तय गर्न आवश्यक छ । नेपालमा परराष्ट्र नीतिबारे जनस्तरसम्मै व्यापक बहस हुन्छ । चिया पसलदेखि सबै ठाउँमा ‘डिप्लोम्याटिक रूपमा समाधान गर्नुपर्छ’ भन्ने सुनिन्छ । तर त्यो कूटनीति भनेको के हो ? कसरी गरिन्छ ? त्यसको प्राविधिक ज्ञान र कार्यविधि के हो रु यस्ता प्रश्नको स्पष्ट उत्तर हामीसँग कमै छ । आफूलाई जान्ने ठान्नेहरूले पनि ‘कूटनीतिक रूपमा समाधान गर्नुपर्छ’ भन्छन्, तर त्यसको मोडालिटी के हो भनेर सोध्दा अप्ठ्यारो पर्छ । यस विषयमा हामीले गम्भीरतापूर्वक सोच्न आवश्यक छ । आर्थिक कुटनीतिलगायत परराष्ट्र नीतिका विभिन्न पक्षमा हाम्रो क्षमता विकास गर्नुपर्छ । हामीले राजदुत पठाउने मुलुकहरूको संस्कृति, राजनीतिक प्रणाली, मूल्य–मान्यता, अर्थतन्त्र र उनीहरूको विदेश सम्बन्धबारे सम्बन्धित व्यक्तिलाई पर्याप्त ज्ञान र अध्ययन हुनुपर्छ। त्यसले मात्र हाम्रो कूटनीतिलाई प्रभावकारी र राष्ट्रिय हितअनुकूल बनाउन सक्छ ।’

राजदुत नियुक्ति गर्दा सम्बन्धित मुलुकको संस्कृति, राजनीतिक प्रणाली, मूल्य मान्यता, अर्थतन्त्र र सो देशको वैदेशिक सम्बन्धका बारेमा नियुक्त हुने व्यक्तिलाई पूर्ण ज्ञान हुनुपर्ने पाण्डेको तर्क छ । आर्थिक कूटनीति र अन्य कूटनीतिक भूमिकाहरूलाई प्रभावकारी बनाउन योग्य र विषयविज्ञ व्यक्तिको चयन अनिवार्य रहेको उनले बताए। 

0 Comments