२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले प्रेस स्वतन्त्रता, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, विकास आयोजनाका कारण उत्पन्न वातावरणीय एवं सामाजिक जोखिम र शान्ति सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सरकारका पछिल्ला कदमहरूको आलोचना गर्दै जनसरोकारका विषयमा तत्काल सम्बोधन गर्न माग गरेका हुन् ।

बैठकमा सांसद घनश्याम रिजालले सञ्चार गृह र पत्रकारहरूमाथि सरकारले हस्तक्षेप बढाएको आरोप लगाउँदै वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाए ।

उनले प्रेस स्वतन्त्रताको रक्षा गर्न र श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे । सांसद विष्णुबहादुर विश्वकर्माले कालीकोटका मनबहादुर विश्वकर्मालाई विनापूर्जी ‘अपहरण शैली’मा पक्राउ गरिएको भन्दै विरोध जनाए । पछि उनी रिहा भएको सूचना प्राप्त भएको जानकारी दिँदै सांसद विश्वकर्माले सरकारलाई शान्ति प्रक्रियाका बाँकी काम सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत छिटो टुङ्ग्याउन आग्रह गरे ।

तनहुँ जलविद्युत आयोजनाका कारण स्थानीयवासीले भोग्नुपरेको समस्याबारे सांसद पदमबहादुर परियारले सदनको ध्यानाकर्षण गराए । आयोजनाले सेती नदीको प्राकृतिक बहाव परिवर्तन गर्दा स्थानीयको थातथलो र पेसा संकटमा परेको तथा समुदायबीच द्वन्द्व बढेको भन्दै उनले एसियाली विकास बैंक (एडीबी) को ‘कम्प्लायन्स रिभ्यु प्यानल’को प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरे।

यसैगरी, सांसद विष्णुकुमारी सापकोटाले काठमाडौँ उपत्यकामा अनियन्त्रित रूपमा बढिरहेको घरभाडाको विषय उठाइन् । न्यून तथा मध्यम आय भएका नागरिक, विद्यार्थी र श्रमिकहरू भाडाकै कारण विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै उनले वैज्ञानिक भाडा दर निर्धारण र नियमनका लागि स्पष्ट नीति र कानून ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।

बजारमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभाव र इन्धनको मूल्यवृद्धिका विषयमा सांसदद्वय श्रीकृष्णप्रसाद अधिकारी र विष्णुदेवी पुडासैनीले आक्रोश व्यक्त गरिन्। सांसद अधिकारीले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा समायोजन नगर्ने तर बढ्दा तत्काल बढाउने प्रवृत्तिले जनता मारमा परेको बताइन् ।

सांसद पुडासैनीले कवितामार्फत सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउँदै अभाव र महँगीले जनताको भान्छा प्रभावित भएको उल्लेख गरिन् ।

बैठकमा सांसद रुक्मिणी कोइरालाले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुनसरीको देवानगञ्जमा भएको धार्मिक दंगा र हत्याको घटनाप्रति गहिरो दुःख व्यक्त गरिन् । सांसद रेणु चन्दले कञ्चनपुरका आरक्ष पीडितहरूको समस्या दुई दशक बितिसक्दा पनि समाधान हुन नसकेको भन्दै ३१ वटा आयोग बने पनि पीडितले न्याय नपाएको गुनासो गरिन् ।

0 Comments