२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाको अपिल :‘काँग्रेसभित्रको असहमति अन्त्य गरी राष्ट्रिय एकताका लागि सहकार्य गरौँ’ (पुर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि स्वदेश फर्किए लगत्तै पार्टीभित्रको असहमति अन्त्य गर्दै राष्ट्रिय एकता र सहकार्यलाई प्राथमिकता दिन आह्वान गरेका छन्।

करिब साढे पाँच महिनापछि काठमाडौँ आइपुगेका देउवाले आफू व्यक्तिगत राजनीतिक शक्ति आर्जन गर्ने उद्देश्यले नभई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने भावनाका साथ सक्रिय हुन स्वदेश फर्किएको बताएका हुन्।

उनले नेपाली काँग्रेसले आफूभित्रको एकता कायम गर्दै मुलुकका अन्य राजनीतिक शक्तिसँग समेत सहमति र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। पार्टीभित्र देखिएका मतभेद र निराशालाई लामो समय कायम राख्न नहुने भन्दै उनले त्यसको समाधान तत्काल खोज्नुपर्ने धारणा राखेका छन्।

देउवाले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दलभित्रको विवादले मुलुकको राष्ट्रिय हित र एकतामासमेत असर पार्न सक्ने बताएका छन्। त्यसैले काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा मतदातासहित आम नागरिकलाई सामूहिक भावना र त्यागको राजनीतिक संस्कारका साथ अघि बढ्न उनले आग्रह गरेका छन्।

काँग्रेसको आगामी यात्रा कुनै व्यक्तिको व्यक्तिगत चाहना वा अहंकारमा आधारित हुन नहुने उल्लेख गर्दै देउवाले जनताको हितलाई राजनीतिक निर्णयको केन्द्रमा राख्नुपर्ने बताएका छन्। सत्ता प्राप्तिलाई आफ्नो सक्रियताको उद्देश्य नबनाई राष्ट्रिय एकता मजबुत पार्ने विषयलाई प्राथमिकता दिएको उनको भनाइ छ।

देउवाले २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक प्रशंगसमेत स्मरण गरेका छन्। वर्तमान परिस्थितिमा पनि मुलुकलाई राजनीतिक दलहरूबीचको सहकार्य र व्यापक राष्ट्रिय एकताको आवश्यकता रहेको उनले बताएका छन्।

स्वदेश फर्किनुलाई उनले आफूलाई केवल राजनीतिक नेताका रूपमा नभई राष्ट्रको दीर्घकालीन हितप्रति जिम्मेवार नागरिकका रूपमा सक्रिय हुने अवसरका रूपमा प्रस्तुत गरेका छन्। उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर कायम रहने स्पष्ट पारेका छन्।

0 Comments