काठमाडौँ । बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १२ वटा मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ललितपुरको बालकुमारीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१० बालकुमारी बस्दै आएका ३३ वर्षीय गणेश भण्डारी रहेका छन् ।
भण्डारीविरुद्ध दुई करोड ६५ लाख ३४ हजार ९५८ रुपैयाँ बिगो दाबी गरिएका बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १२ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ ।
अदालतको फैसलाअनुसार उनलाई १६ दिन कैद र एक करोड ५८ लाख ५४ हजार ६३० रुपैयाँ जरिवाना तोकिएको छ । पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालत पठाइएको छ ।






