काठमाडौँ । नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेना भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले आज एक सूचना जारी गर्दै अधिकृत पदका लागि दरखास्त माग गरेको हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा २८० पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति १४, महिला २४, आदिवासी जनजाति ३९, मधेसी ३३, दलित १८, पिछडिएको क्षेत्र ६ र बाँकी १४६ खुलाका लागि आवेदन आह्वान गरिएको छ ।
इच्छुक नेपाली उम्मेदवारले आजदेखि साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।








