२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भैरहवा र पोखरा विमानस्थल नियमित सञ्चालनमा ल्याउन सरकार सक्रिय’ : सभामुख अर्याल

अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने विषयमा सरकारस्तरमा छलफल तीव्र भइरहेको बताएका छन्।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारण सभामा शुक्रबार सम्बोधन गर्दै अर्यालले दुवै विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालनको वातावरण चाँडै बन्ने विश्वास व्यक्त गरे।

विमानस्थलको उपयोग बढाएर पर्यटन गतिविधिलाई विस्तार गर्ने विषयमा सरकारले आवश्यक पहल गरिरहेको उनको भनाइ थियो।

निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषय पनि सरकारको प्राथमिकतामा रहेको सभामुख अर्यालले बताए। परियोजनासम्बन्धी विषयमा आवश्यक छलफल र बहस अघि बढिरहेको उनले जानकारी दिए।

पर्यटन उद्योगको विस्तारमा प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको उल्लेख गर्दै अर्यालले नयाँ पुस्तालाई पर्यटन व्यवसायसँग जोड्न विशेष कार्यक्रम र पहल आवश्यक रहेको धारणा राखे। पर्यटनलाई आधुनिक प्रविधि र युवाको सहभागितासँग जोडेर अघि बढाउनुपर्ने उनको जोड थियो।

सरकार र प्रतिनिधिसभामा युवाको उल्लेख्य उपस्थिति रहेको बताउँदै उनले मुलुकको विकास प्रक्रियामा अपेक्षित परिणाम आउन केही समय लाग्न सक्ने भएकाले नागरिकले धैर्य राख्नुपर्ने बताए।

अर्यालले सार्वजनिक बहस तथा सामाजिक वातावरणमा निराशा र नकारात्मकता बढाउनेभन्दा मुलुकको सम्भावना र सुधारका विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। नकारात्मक सन्देशले राज्यको समग्र मनोबल कमजोर पार्न सक्ने भन्दै उनले सकारात्मक दृष्टिकोणसहित अघि बढ्न आग्रह गरे।

वर्तमान सरकारलाई मुलुकको आर्थिक तथा संस्थागत रूपान्तरणका लागि स्पष्ट जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै उनले पर्यटनसँगै उत्पादन, उद्योग, आयात–निर्यात र सार्वजनिक प्रशासनमा सुधारलाई समान प्राथमिकतामा राख्नुपर्ने बताए।

सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख दायित्वका रूपमा अघि बढाइएको उनको भनाइ थियो। भ्रष्टाचारविरुद्धको अभियानलाई प्रभावकारी बनाउन राज्यका निकायसँगै नागरिक र सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको सभामुख अर्यालले बताए।

उनले वर्तमान सरकार र संसद्लाई प्राप्त जनादेशलाई परिणाममुखी काममार्फत पुष्टि गर्नुपर्ने उल्लेख गर्दै आर्थिक समृद्धि, सुशासन र विकासका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न सरकार असफल हुन नहुने धारणा राखेका छन्।

0 Comments