२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बीमाको नयाँ आबद्धता र नवीकरण अब अनलाइनबाटै

अ+ अ-

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा बीमितको विवरण अद्यावधिक गर्ने सेवा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।

बोर्डले शुक्रबारदेखि ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार डिजिटल सेवा सुरु गरेको हो।

नयाँ प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्ध गरिएको बोर्डले जनाएको छ। राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले तत्कालका लागि अन्य परिचयपत्रका आधारमा आवश्यक डिजिटल विवरण पेस गरी प्रक्रिया अघि बढाउन सक्नेछन्।

स्वास्थ्य बीमाको प्रिमियम अब इसेवा, खल्ती र कनेक्टआईपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ। सम्बन्धित व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत परिवारलाई डिजिटल रूपमा स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सकिने बोर्डले जनाएको छ।

स्वास्थ्य बीमामा आबद्ध परिवारले आफ्नो विवरणमा आएको परिवर्तनसमेत ई–पोर्टलबाट अद्यावधिक गर्न सक्नेछन्। परिवारका सदस्य थपघट, ठेगाना परिवर्तनलगायत विवरण संशोधनका लागि अनलाइनबाटै आवश्यक प्रक्रिया पूरा गर्न सकिनेछ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन ई-पोर्टलको प्रयोग विस्तार गरिएको जनाएको छ।

अनलाइन सेवा सञ्चालनसँगै स्वास्थ्य बीमामा आबद्धता, नवीकरण र विवरण व्यवस्थापन सहज हुने तथा सेवाग्राहीको समय बचत र सेवा प्रवाहमा पारदर्शिता बढ्ने बोर्डको अपेक्षा छ।

0 Comments