काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भारदह अस्पतालको निरीक्षण गरी त्यहाँको सेवा प्रवाह, भौतिक पूर्वाधार र उपचार व्यवस्थापनबारे जानकारी लिएकी छन्।
निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालको आकस्मिक कक्ष र एक्स-रे उपकरण तत्काल नयाँ भवनमा स्थानान्तरण गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन्।
बिरामीलाई सहज, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आवश्यक व्यवस्थापकीय तयारी तत्काल पूरा गर्न उनले भनेकी छन्।
मन्त्री मेहताले अस्पतालको सेवा सुधार तथा आवश्यक पूर्वाधार व्यवस्थापनका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।






