१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदै छौँ’ : श्रम मन्त्री यादव

अ+ अ-

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई सुरक्षित एवं मर्यादित बनाउन प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्रीले युवा पलायन रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न मन्त्रालयको कार्यशैलीमा ‘प्याराडाइम सिफ्ट’ गरिएको दाबी गरेका हुन्। 

मन्त्री यादवले विगतमा मन्त्रालयको ध्यान वैदेशिक रोजगारीमा मात्र केन्द्रित रहेकोमा अब आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । 

यसका लागि नयाँ राष्ट्रिय रोजगार नीति र राष्ट्रिय रोजगार प्रवर्द्धन ऐन निर्माणको प्रक्रिया अगाडि बढाइएको उनले बताए । सरकारले ७ सय ५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सक्रिय बनाई परिचालन गरेको मन्त्रीले उल्लेख गरे । उनकाअनुसार गुणस्तरीय सीप विकासका लागि ३९० घण्टाको तालिमलाई अनिवार्य गर्ने नीति लिइएको छ । 

चालु आर्थिक वर्षदेखि सातै प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन गर्ने र श्रम बजारको मागअनुसार ‘केयर इकोनोमी’ तथा डिजिटल रोजगारीका क्षेत्रमा करिब एक दर्जन कार्यक्रम सुरु गरिएको उहाँले जानकारी दिइन्।

यस्तै, ‘कमाउँदै सिक्दै’ अवधारणामा आधारित राष्ट्रिय प्रशिक्षार्थी (अप्रेटेन्ससिप) कार्यक्रम, मागमा आधारित सिप विकास र सुकुम्वासी लक्षित सीपमूलक कार्यक्रम यसै वर्षदेखि थालनी गरिएको मन्त्रीको भनाइ छ । 

वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सिप प्रमाणीकरण गरी उनीहरूको पुँजी र सिपलाई स्वदेशी उत्पादनसँग जोड्ने नीति सरकारले लिएको छ ।

वैदेशिक रोजगारीमा हुने ठगी र शोषण नियन्त्रणका लागि मन्त्रालयले ‘अपरेशन इलिगल एजेन्ट क्लिनअप’ एप र ‘उजुरी डट एफई डट जीओभी डट एनपी’ पोर्टल सञ्चालनमा ल्याएको छ । मन्त्रीका अनुसार श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाई दुई घण्टाभित्रै सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताए । 

विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि सम्बन्धित दूतावास र वैदेशिक रोजगार बोर्डमार्फत समन्वय भइरहेको मन्त्रीले स्पष्ट पारेका छन् । 

0 Comments