१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखनसम्बन्धी विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन माग

अ+ अ-

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारी आचार्यले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी संशोधन विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाउन माग गरेकी छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८३ माथिको छलफलमा सहभागी हुँदै उनले उक्त शब्दको सट्टा ‘यौनजन्य क्रियाकलाप’ राख्न सुझाव दिइन्।

‘विधेयकमा वेश्यावृत्ति भन्ने शब्द राख्नुभएन, यसलाई हटाउनुपर्‍यो। ‘वेश्यावृत्ति’ भन्ने शब्द हटाएर ‘यौनजन्य क्रियाकलाप’ भन्ने शब्द राखौँ,’ उनले भनिन्।

महिला, बालबालिका, लैंगीकक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले उक्त विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरेकी हुन्।

सांसद अधिकारीले बेचबिखन प्रभावितका सन्दर्भमा प्रयोग गरिएको ‘पुन:स्थापना’ शब्दको सट्टा ‘पुन:समायोजन’ राख्नु उपयुक्त हुने धारणा पनि व्यक्त गरिन्।

मानव बेचबिखन नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी बढाउनुपर्ने र प्रभावित व्यक्तिको पुन:स्थापनाका लागि स्थापित कोषमा पर्याप्त रकम व्यवस्था गर्नुपर्ने उनको माग छ।

नाबालिकालाई प्रलोभनमा पारेर डिम्ब बिक्री गराउने घटना बढेको उल्लेख गर्दै सांसद अधिकारीले यसतर्फ राज्यका सम्बन्धित निकाय गम्भीर र सचेत बन्नुपर्नेमा जोड दिइन्।

0 Comments