काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) पदको नतिजा सार्वजनिक गरेको छ।
आयोगको अन्तर्वार्ता तथा सिफारिस महाशाखाले सोमबार सूचना जारी गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारमध्ये योग्यताक्रममा परेका उम्मेदवारहरूलाई सिफारिस गर्ने निर्णय भएको जनाएको हो।
अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा कायम योग्यताक्रमअनुसार नियुक्तिका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिएको हो ।






