काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको जिम्मेवारी पूरा नगर्ने तीन निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूलाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ।
कार्यालयको (हिजो) सोमवारको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम मंगलवार सूचना प्रकाशित गर्दै उनीहरूलाई कालोसूचीमा राखिएको हो।
विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भई आए बमोजिम कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।







