२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नागरिकको सरकार’ भएको अनुभूति गराउन सत्तारुढ सांसद धितालको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले रोल्पामा बाढी र पहिरोका कारण उत्पन्न भयावह स्थिति र जिल्लाको समग्र दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद धितालले रोल्पाका थबाङ, सुनछहरी र लुङग्री क्षेत्रमा प्राकृतिक विपद्का कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको र केही नागरिक अझै बेपत्ता रहेको जानकारी दिइन् ।

उनले मान्छेको अमूल्य ज्यानलाई केवल अंकमा मात्र सीमित राखिएको भन्दै चिन्ता व्यक्त गरिन् । सांसद धितालले रोल्पा ऐतिहासिक रूपमा राजनीतिक विद्रोह, प्राकृतिक विपद् र दुर्घटनाहरूको निरन्तर चपेटामा परिरहेको उल्लेख गरिन् । केही महिना अघि भएको जिप दुर्घटनामा १९ जनाको ज्यान गएको स्मरण गराउँदै उनले रोल्पाका नागरिकहरू सधैँ शोक र त्रासमा बाँच्नुपर्ने नियतिप्रति दुःख व्यक्त गरिन् । परिवर्तनको इतिहास बोकेको र १० वर्षे सशस्त्र द्वन्द्वको मुख्य केन्द्र रहेको रोल्पा अझै पनि विकासको न्यूनतम पूर्वाधारबाट वञ्चित रहेको उनको तर्क छ ।

उनले भनिन्, ‘तथ्यांकमा मृत्यु हुनेको संख्या गन्न सकिएला, तर परिवारले गुमाएको अभिभावक वा सन्तानको रिक्तता कुनै राहत वा क्षतिपूर्तिले भर्न सक्दैन । परिवर्तनको सपना बोकेको जिल्ला आज समृद्धिको उदाहरण बन्नुपर्ने थियो, तर आज पनि सामान्य हावा चल्दा सदरमुकाममै विद्युत अवरुद्ध हुन्छ । गाउँहरूमा सडक, सञ्चार, स्वास्थ्य र शिक्षाको अवस्था झन् दयनीय छ । राज्यको उपस्थिति केवल तथ्यांक संकलनमा मात्र होइन, नागरिकको दुःखमा सहानुभूति र संवेदनशीलतामा देखिनुपर्छ ।’

विगतको सशस्त्र युद्धको गहिरो प्रभाव (ट्रमा) बाट गुज्रिरहेका रोल्पालीहरूका लागि थबाङ जस्तो ऐतिहासिक ठाउँ ‘वार म्युजियम’ बन्नुपर्नेमा, आज त्यहाँका नागरिकहरू वर्षाको समयमा ज्यान जोगाउनै मुस्किल पर्ने स्थितिमा रहेको उनले बताइन् ।

सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउन आग्रह गर्दै उनले विपद् आएपछि राहत बाँड्ने परम्पराभन्दा पनि विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित राख्ने दीर्घकालीन योजना ल्याउन माग गइन् ।

0 Comments