२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित

अ+ अ-

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित दर्ता गरेको छ । 

विजयी सुरुआत गर्ने क्रममा नेपालले आज भएको पहिलो खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई ११६ रनले हरायो । यस खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४५ ओभरमा १८८ रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ७० बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले ।

इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले २७-२७, बसिर अहमदले अविजित १९ तथा गुलशनकुमार झाले ११ रन जोडे । कर्नाटकका लागि क्रिती एमले आठ ओभरमा एक मेडनसहित २० रन दिएर सर्वाधिक पाँच विकेट हात पारे ।

नेपालले दिएको १८९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कर्नाटक २८ ओभरमा ७२ रनमै अलआउट भयो । उसका लागि शरथ श्रीवास्तावले ६५ बलमा तीन चौकासहित सर्वाधिक ३२ रन बनाए । उनी अविजित रहे पनि कर्नाटकका अरू ब्याटर सस्तैमा आउट भए ।

कर्नाटकलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि बलिङतर्फ करण केसी, ललितनारायण, शेर मल्ल र बसिर अहमदले दुई/दुई विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछाने र हेमन्त धामीको नाममा एकरएक विकेट रह्यो ।

नेपालले भारतमा थप अर्को अभ्यास खेल खेल्ने तालिका छ । १० दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा तीन दिन अभ्यास गरेर नेपाली टिम प्रतियोगिता खेल्ने तयारीमा छ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल भदौ १५ मा बहराइनको सामना गर्नेछ । त्यसपछि प्रतियोगितामा नेपालको भेट मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध हुनेछ । 

0 Comments