काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) प्रणाली सुधारका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै विमानस्थलको एटीसी सुधार परियोजनाका लागि जापानी अनुदान स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
सरकारको निर्णयअनुसार जापानबाट प्राप्त हुने उक्त अनुदान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एटीसीसम्बन्धी प्रणाली तथा पूर्वाधार सुधारमा उपयोग हुनेछ।






