३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रिक्त राजदूत पदमा नियुक्ति छिट्टै टुंग्याइने’ : परराष्ट्र मन्त्री खनाल

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशमा रिक्त रहेका नेपाली राजदूतको नियुक्तिका लागि प्राप्त सिफारिस तथा आवेदनमाथि आवश्यक छलफल भइरहेको र प्रक्रिया निष्कर्षमा पुग्ने चरणमा रहेको बताएका छन्।

सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले राजदूत नियुक्तिसम्बन्धी काम मन्त्रालय स्तरमा अघि बढिरहेको जानकारी दिएका हुन्। प्राप्त नाम तथा आवेदनको अध्ययनपछि निर्धारित प्रक्रियाअनुसार नियुक्ति प्रक्रिया पूरा गरिने उनले बताए।

मन्त्री खनालले आफ्नो कार्यकालमा नेपालका छिमेकी मुलुक तथा अन्य मित्रराष्ट्रसँगको द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पहल गरिएको दाबी गरेका छन्। लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका केही कूटनीतिक संयन्त्रलाई पुनः सक्रिय बनाएर काम अघि बढाइएको उनको भनाइ छ।

परराष्ट्र मन्त्री खनालले विदेशमा रोजगारी र अध्ययनका लागि पुगेका नेपाली नागरिकले भोग्दै आएका समस्या समाधानलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको बताए। विदेशस्थित नेपाली नागरिकलाई आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउन मन्त्रालयको उपलब्ध स्रोत, साधन र क्षमताअनुसार निरन्तर काम भइरहेको उनले जानकारी दिए।

रिक्त कूटनीतिक पदमा नियुक्ति प्रक्रिया अघि बढ्नुका साथै विदेशमा रहेका नेपाली नागरिकको संरक्षण तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणलाई समानान्तर रूपमा अघि बढाइएको मन्त्री खनालको भनाइ छ।

0 Comments