३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चारदिने नेपाल भ्रमण सकेर फर्किए भारतीय स्थल सेनाध्यक्ष सेठ

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले राष्ट्रपति, प्रधानमन्त्री एवं रक्षामन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

अ+ अ-

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।

प्रधान सेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका जनरल सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग के.सी. र उनकी धर्मपत्नीले बिदाइ गरेका हुन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए।

जनरल सेठले भ्रमणका क्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री एवं रक्षामन्त्री तथा प्रधान सेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

नेपाली सेनाले जनरल सेठको भ्रमणले नेपाल र भारतबीच रहिआएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुदृढ एवं प्रगाढ बनाउन मद्दत पुगेको जनाएको छ।

0 Comments