४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रघुगंगामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ ।

ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी उपचारमा पहुँच बढाउने ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र आमा तथा बच्चाको पोषण अवस्था सुधारका साथै जोखिमपूर्ण तवरले घरमै प्रसूति हुनेको सङ्ख्या शून्य बनाउने उद्देश्यले ‘गर्भवती र सुत्केरीसँग’ उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको हो ।

चालु आव २०८३/८४ मा रु. पाँच/पाँच लाख बजेट विनियोजन भएको दुई वटै कार्यक्रमको गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार पालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले शुभारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममार्फत स्वास्थ्यकर्मी हरेक महिनाको एक पटक ६८ वर्षभन्दा बढी उमेरका नागरिकको घरघरमा पुगेर रक्तचाप र सुगर परीक्षण, परामर्श र स्वास्थ्य संस्थामा उपलब्ध भएको औषधि उपलब्ध गराउने तथा स्थानीय स्तरमा उपचार नहुने समस्या भएकालाई अस्पताल जान सुझाउने गरेका छन् ।

गत वर्ष दोहोरिएका गरेर छ हजार ४०० ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य परीक्षण सेवा पाएका रघुगंगाको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले बताए । तोकिएको चार पटक गर्भ परीक्षण गराउन स्वास्थ्य संस्थामा आउने र अस्पताल तथा प्रसूति गृहमा सुरक्षित प्रसूति हुने सुत्केरीलाई अण्डा उपहार दिने व्यवस्था मिलाइएको छ । हरेक पटक गर्भ परीक्षण गर्न आउँदा र प्रसूति भएपछि स्वास्थ्यकर्मी घर भेटमा जाँदा अण्डा उपहार दिने गरेका छन् ।

गत आवमा रघुगंगामा संस्थागत प्रसूति सेवा लिएका ८६ जनाले यो सुविधा पाएका छन् । वडा नं ६ पाखा पानीका एक जना बाहेक सबैले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख जयसवालले बताए ।

गर्भ र प्रसूति अवस्थामा पोषणयुक्त खानेकुराको व्यवस्था मिलाउनुपर्ने सन्देश प्रवाह गराउने तथा घरमा प्रसूति हुने सङ्ख्यालाई शून्य बनाएर मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले आव २०८१-८२ देखि सुरु भएको कार्यक्रम प्रभावकारी देखिएकाले चालु आवमा पनि निरन्तरता दिएको उपाध्यक्ष पुनले बताए। 

0 Comments