४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किष्ट शिक्षण अस्पतालमा आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

अ+ अ-

ललितपुर । इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा पाँच वर्षीया बालिकामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

किष्ट प्रत्यारोपण केन्द्रले यही भदौ २ गते ३३ वर्षीया आमाबाट पाँच वर्षीया छोरीमा जीवित दाता कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. अविषेक थापाले जानकारी दिए । उनका अनुसार नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासका दृष्टिले यो महत्त्वपूर्ण उपलब्धि हो ।

विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो । प्रत्यारोपण अघि उहाँको स्वास्थ्य अवस्था निकै जटिल रहेको थियो । करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको डा थापाले बताए ।

भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी पाँच वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेका थिए । आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष इ आशिष थापाले नेपालमै निजी अस्पतालबाट बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको बताए। “यस्तो जटिल उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्यअनुसार अस्पतालले दक्ष जनशक्ति, प्रविधि र पूर्वाधारको विकासमा निरन्तर लगानी गर्दै आएको छ । यस सफलताले नेपालमा बालबालिकाका लागि थप जटिल तथा विशेषज्ञ उपचार सेवा विस्तार गर्ने हौसला प्रदान गरेको छ”, उनले भने ।

त्यस्तै, अस्पतालका प्रबन्ध निर्देशक डा. अविषेक थापाले पाँच वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण किष्टका लागि मात्र नभई समग्र नेपाली स्वास्थ्य क्षेत्रकै महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले बालबालिकाका जटिल स्वास्थ्य समस्याको उपचारका लागि आवश्यक विशेषज्ञ टोली, अत्याधुनिक पूर्वाधार र समन्वयात्मक उपचार प्रणालीलाई थप सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार आगामी दिनमा किष्टलाई बालबालिकाका लागि बहुविशेषज्ञ उपचार सेवा उपलब्ध गराउने केन्द्रका रूपमा थप विकास गरिनेछ । बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रिया मानिन्छ । यसका लागि अनुभवी प्रत्यारोपण शल्य चिकित्सक, कलेजो रोग विशेषज्ञ, बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ । किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उक्त जटिल उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार केन्द्रका रूपमा सेवा विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

एउटी आमाको त्याग, चिकित्सकको समर्पण र आधुनिक चिकित्सा सेवाबीचको समन्वयले पाँच वर्षीया बालिकालाई नयाँ जीवनको अवसर दिएको छ । यो सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ महत्त्वपूर्ण कदमका रूपमा रहने विश्वास गरिएको अस्पतालका मिडिया कन्सल्टेन्ट राजकुमार सिल्वालले बताए ।

0 Comments