४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

अ+ अ-

काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले नापजाँच सम्पन्न भएको करिब एक दशकपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्।

नापी कार्यालय धनुषाका अनुसार साबिक मिथलेश्वर महुवाहीका वडा नं. १ देखि ९ सम्मका स्ववासी जग्गाको नापनक्सा आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गर्न स्थानीय सहभागिता अपेक्षित रूपमा हुन नसक्दा लामो समयसम्म प्रमाणपुर्जा वितरण हुन सकेको थिएन।

नापनक्सा भइसकेका जग्गाको दर्तासम्बन्धी बाँकी प्रक्रिया पूरा गरेर ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको कार्यालयले जनाएको छ।

लामो समयदेखि स्ववासीका रूपमा जग्गा उपयोग गर्दै आएका परिवारले प्रमाणपुर्जा पाएसँगै सम्बन्धित जमिनमाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ।

नापी कार्य सम्पन्न भएर पनि दर्ता प्रक्रिया अघि बढ्न नसक्दा वर्षौँदेखि रोकिएको विषय समाधान भएपछि स्थानीय परिवारलाई आफ्नो सम्पत्तिसम्बन्धी अधिकार सुनिश्चित भएको कार्यालयले जनाएको छ।

0 Comments