४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्णद्वारा विपद् प्रभावितलाई सहयोग गर्न आह्वान

अ+ अ-

कास्की । अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ । राहत र पुन:स्थापना लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको छ ।

गत असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पीडित परिवारको राहत, उद्धार तथा पुन:स्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।

“अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा विभिन्न विपद्जन्य घटनाका कारण गाउँपालिका भित्रका सडक, पुल, होटेललगायत भौतिक संरचना, कृषि क्षेत्र तथा स्थानीय नागरिकको जनजीवनमा ठुलो क्षति पुगेको छ । हामी क्षतिको विवरण अझै संकलन गरिरहेका छौँ । पालिका एक्लैको प्रयासले सम्भव नभएपछि विपद् व्यवस्थापनका लागि कोष बनाएर कठिन परिस्थितिमा प्रभावित परिवारको राहत, उद्धार र पुन:स्थापनाका लागि सबै व्यक्ति, संघसंस्था तथा सरोकारवालालाई विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आह्वान गरेका छौँ”, अध्यक्ष केसीले भने ।

अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितको उद्धार, राहत तथा पुन:स्थापनामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनका व्यक्ति, विभिन्न संघसंस्था, सामाजिक तथा व्यावसायिक प्रतिष्ठानलाई विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले प्राप्त सहयोग रकमलाई विपद् प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुन:स्थापनाका कार्यमा प्राथमिकताका साथ परिचालन गर्ने जनाएको छ ।

अन्नपूर्णमा मोदी खोलाको बाढीले बिरेठाँटीमा पक्की कालोपत्र सडक बगाउँदा गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद छन् । खोलाको कटानका कारण बिरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । विशेषगरी बीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढी पहिरोले क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्डसमेत बाढीले बगाएको छ । बाढीले खोलाको किनारमा सिमेन्ट, ढुंगा बालुबाट निर्माण गरिएको तीन वटा तातोपानी कुण्ड पूर्ण रूपमा बगाएर पूर्ण क्षति पुर्‍याएको हो । बाढीका कारण यस क्षेत्रका केही होटेल, मन्दिर तथा झोलुंगे पुलसमेत बगाएको र क्षतिको विवरण संकलन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिीवी बरालले बताए ।

बाढीले बढी क्षति गरेको बिरेठाँटी पर्यटकीय क्षेत्र घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो । यसैगरी बिरेठाँटी हुँदै तिखेढुंगा उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्त्वपूर्ण पर्यटकीय मार्गसमेत हो ।

0 Comments