४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रशासनिक अक्षमताका कारण वैदेशिक अनुदान शोधभर्ना नहुँदा राज्यकोषमा भार पर्‍यो’ : सांसद पराजुली

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशासनिक ढिलासुस्ती र कमजोर लेखा प्रणालीका कारण वैदेशिक सहायताका आयोजनाहरूको शोधभर्ना हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद पराजुलीले सरकारी अक्षमताका कारण वैदेशिक अनुदानबापतको रकम प्राप्त हुन नसक्दा राष्ट्रिय ढुकुटीमा अनावश्यक दबाब परेको बताएका हुन् ।

पराजुलीले ‘अन बजेट’ ट्रेजरीअन्तर्गत रातो किताबमा परेका आयोजनाहरूमा सुरुमा नेपाल सरकारकै कोषबाट खर्च हुने र पछि दातृ निकायबाट शोधभर्ना लिनुपर्ने प्रावधान रहेको उल्लेख गरे । तर समयमै प्रक्रिया पूरा गर्न नसक्दा र आयोजनाहरूको म्याद थप हुँदै जाँदा ठुलो परिमाणको शोधभर्ना रोकिएको उनको भनाइ छ । उनले कर्णालीको गरिबी निवारण वा तराईको सिँचाइका लागि छुट्याइएको रकम अन्य शीर्षकमा रकमान्तर गरी खर्च गरिएको तर शोधभर्ना नहुँदा ती क्षेत्रका लक्षित कार्यक्रमहरू प्रभावित भएकोतर्फ सचेत गराउनु भयो । पराजुलीले यो समस्या दशकौँदेखि कायम रहेको भन्दै यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न समेत उठाए ।

उनले भने, ‘हाम्रो बजेट करिब ३० प्रतिशत घाटामा चलिरहेको वर्तमान अवस्थामा वैदेशिक अनुदानका सर्तहरू सहजै स्विकार्ने तर खर्च गरिसकेपछि शोधभर्ना लिन नसक्नु हाम्रो अक्षमता हो । यो कमजोरी संस्थागत हो कि प्रणालीगत ? यदि हाम्रो क्षमताका कारण यो समस्या आएको हो भने यसको जिम्मेवारी कसैले लिनुपर्छ । विगतमा भइसकेका कमजोरीको शोधभर्ना अब हुन नसक्ने अवस्था छ, यसको क्षतिपूर्ति कर्मचारी वा संस्था कोबाट हुने हो, त्यसको निर्क्योल हुनुपर्छ ।’

त्यसै गरी, पराजुलीले बहुचर्चित एमसीसी (एमसीए नेपाल) अन्तर्गतका आयोजनाको समयसीमा १४ महिना थप गरिएको प्रसंग उल्लेख गर्दै त्यहाँ पनि कडा शर्तका कारण शोधभर्ना लिन नसकिने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

उनले यस्ता प्राविधिक र प्रशासनिक जटिलता सुधार गरी आगामी दिनमा राज्यकोषमा हुने क्षति रोक्न महालेखा परीक्षक र अर्थमन्त्रीलाई विशेष पहल गर्न आग्रह गरेका छन् ।

0 Comments