४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानद्वारा ट्रम्पको आर्थिक नीतिको आलोचना

अ+ अ-

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आर्थिक दबाब बढाउने घोषणा गरेको विषयलाई असफल नीतिको निरन्तरता भन्दै आलोचना गरेका छन् । उनले अमेरिकी दबाबले इरानलाई झुकाउन नसक्ने र यसबाट वासिङ्टनले थप पराजय भोग्ने दाबी गरेका छन् ।

अराघचीले सामाजिक सञ्जाल एक्समा अमेरिकी कदमलाई अभूतपूर्व ऋण र बढ्दो ब्याज लागतको सामना गरिरहेको अमेरिकाको आफ्नै आर्थिक संकटबाट ध्यान मोड्ने प्रयासका रूपमा व्याख्या गरे । उनले अमेरिकी आर्थिक प्रतिबन्धले विश्व अर्थतन्त्र र राष्ट्रहरूको सार्वभौमसत्तासमेत जोखिममा पार्ने बताए ।

यसअघि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमार्फत इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक कारबाही घोषणा गर्न लागेको बताएका थिए । उनले इरानलाई आर्थिक वा अन्य कुनै प्रकारको सहयोग उपलब्ध गराउने वित्तीय संस्था, व्यवसाय, विमानस्थल तथा सरकारी निकायले समेत गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणपछि इरान र अमेरिकाबीच युद्ध सुरु भएको थियो । अप्रिल ८ को युद्ध विरामपछि व्यापक बमबारी रोकिए पनि महत्त्वपूर्ण ऊर्जा मार्ग हर्मुज जलघाँटी आसपास तनाव जारी रहेको जनाइएको छ । इरानले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुका साथै तेल प्रतिबन्ध फुकुवा र विदेशमा रोक्का गरिएका सम्पत्ति खुला नगरेसम्म जलमार्ग बन्द राख्ने अडान लिँदै आएको छ ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि इरानमाथि ‘अधिकतम दबाब’ को आर्थिक प्रतिबन्ध नीति अपनाउँदै आएका छन् । उनले जनवरी २०२५ मा दोस्रो कार्यकाल सम्हालेपछि उक्त नीति पुनः लागू गरेका थिए । इरानले भने प्रतिबन्ध र धम्कीबाट आफ्नो नीति परिवर्तन नहुने बताउँदै अमेरिकी दबाब अभियानलाई असफल नीति भन्दै आएको छ ।

0 Comments