४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रपत्रिका वर्गीकरणमा वास्तविक प्रकाशन यकिन गर्न सञ्चार मन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिकाको वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई तथ्यमा आधारित, पारदर्शी र व्यवस्थित बनाउन विद्यमान प्रणाली पुनरावलोकन गर्न निर्देशन दिएका छन्।

सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका अधिकारीसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले पत्रपत्रिकाको वास्तविक प्रकाशन तथा वितरण संख्या यकिन गर्ने भरपर्दो प्रणाली विकास गर्नुपर्ने बताएका हुन्।

छलफलमा एउटै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेका धेरै पत्रपत्रिकाले सरकारी लोककल्याणकारी विज्ञापन प्राप्त गर्ने, वास्तविकभन्दा बढी प्रकाशन संख्या देखाउने तथा काउन्सिलमा बुझाइने विवरण र बजारमा उपलब्ध वास्तविक प्रतिको संख्याबीच अन्तर देखिने जस्ता विषय उठेका थिए।

विभाग तथा काउन्सिलका अधिकारीहरूले नमुना छनोट गरी गरिएको स्थलगत निरीक्षणका क्रममा समेत कतिपय प्रकाशनले पेस गरेको विवरण र वास्तविक अवस्थाबीच फरक भेटिने गरेको जानकारी गराएका थिए। हाल वर्गीकरणका क्रममा सम्बन्धित सञ्चार संस्थाको स्वघोषणा तथा लेखापरीक्षणबाट प्राप्त विवरणलाई आधार बनाउने गरिएको पनि उनीहरूले बताएका थिए।

मन्त्री तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरणका आधार स्पष्ट पार्दै वास्तविक वितरण अवस्था प्रमाणित गर्ने प्रभावकारी संयन्त्र विकास गर्न निर्देशन दिएका छन्। सरकारी विज्ञापन वितरणमा देखिन सक्ने दोहोरोपन हटाएर सीमित सार्वजनिक स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

पत्रपत्रिकाको वितरण परीक्षण तथा वर्गीकरणका विषयमा विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन भए/नभएको अध्ययन गर्नसमेत मन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रेस काउन्सिल ऐन, कार्यव्यवस्था नियमावली तथा पत्रपत्रिका वितरण सम्परीक्षणसम्बन्धी मापदण्डमा प्रकाशन र वितरण अवस्थाको परीक्षण तथा अभिलेख व्यवस्थापनका प्रावधान छन्।

यसैगरी, सञ्चार क्षेत्र डिजिटल माध्यमतर्फ विस्तार भइरहेकाले सरकारी विज्ञापन प्रणालीलाई पनि समय अनुकूल बनाउने विषयमा मन्त्रालयले अध्ययन अघि बढाउने भएको छ। छापा माध्यममा केन्द्रित वर्गीकरण प्रणालीको विकल्पमा अनलाइन, डिजिटल तथा अन्य सञ्चार माध्यमलाई समेट्ने एकीकृत प्रणालीको सम्भावनाबारे अध्ययन गरिने भएको हो।

लोककल्याणकारी विज्ञापनको उद्देश्य, वितरण प्रक्रिया र सार्वजनिक सूचना प्रवाहमा त्यसको प्रभावसमेत समीक्षा गर्ने तयारी मन्त्रालयले गरेको छ।

छलफलका क्रममा मन्त्री तिमिल्सिनाले प्रेस काउन्सिलका आर्थिक तथा प्रशासनिक गतिविधिलाई थप पारदर्शी र व्यवस्थित बनाउन तथा महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजु समयमै फर्स्योट गर्न पनि सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएका छन्।

0 Comments