काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीका विभिन्न ब्युरो, प्रतिष्ठान, अस्पताल, शिक्षालय, प्रदेश तथा जिल्ला प्रहरी कार्यालयलगायत देशभरका प्रहरी इकाइका प्रमुखहरूलाई समसामयिक विषयमा निर्देशन दिएका छन्।
उनले भर्चुअल माध्यमबाट प्रहरी प्रशिक्षण केन्द्र, अपराध अनुसन्धान कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राजमार्ग सुरक्षा कार्यालय, विशेष सुरक्षा गण, विमानस्थल सुरक्षा कार्यालय, विपद् व्यवस्थापन गुल्म तथा मुद्दा चल्ने ‘क’ श्रेणीका प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्बोधन गरेका हुन्।






