काठमाडौँ । निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गरी प्रत्येक शुक्रबार विशेष बहिरंग सेवा (ओपिडी) सञ्चालन गर्ने भएको छ।
अस्पतालले भदौ ७ गतेदेखि हरेक शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विशेष ओपिडी सञ्चालन गर्न लागेको हो। उक्त सेवाका लागि बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म टिकट लिन सकिने अस्पतालले जनाएको छ।
विशेष ओपीडीअन्तर्गत इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान–घाँटी (ईएनटी), रेडियोलोजी र प्याथोलोजी सेवा उपलब्ध हुनेछन्।
अस्पतालका अनुसार यो सेवा निजामती कर्मचारी र उनीहरूका परिवारका सदस्यले लिन सक्नेछन्। अन्य विशेषज्ञ सेवा भने नियमित ओपिडी सञ्चालन हुने दिनमा उपलब्ध हुने अस्पतालले जनाएको छ।






