काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह शुक्रबार पोखरा पुगेका छन् । प्रधानमन्त्रीको पोखरा भ्रमणका क्रममा माछापुच्छ्रे गाउँपालिका-६, अस्तामस्थित इको भिलेज रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ ।
पोखरा क्षेत्रबाट करिब साढे चार किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्ट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकनका लागि परिचित स्थानका रूपमा रहेको छ ।
प्रधानमन्त्री साहको पोखरा भ्रमणका क्रममा इको भिलेजमा बस्ने कार्यक्रम रहे पनि भ्रमणको औपचारिक उद्देश्य, कार्यसूची वा प्रयोजनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालसम्म सार्वजनिक रूपमा विस्तृत जानकारी दिएको छैन ।
भ्रमणका क्रममा प्रधानमन्त्रीको कुनै औपचारिक कार्यक्रम तय भएको वा स्थानीय तह तथा अन्य निकायसँग भेटवार्ता हुने सम्बन्धमा समेत आधिकारिक विवरण सार्वजनिक हुन बाँकी रहेको छ ।

















