काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणको सिलसिलामा पोखरा पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी उनको पोखरा र मुस्ताङ भ्रमण विशुद्ध निजी भएको जानकारी दिएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री साह माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, अस्तामस्थित ‘अन्नपूर्ण इको भिलेज’ रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ ।

पोखराबाट करिव साढे ४ किलोमिटरको दूरीमा अवस्थित उक्त रिसोर्टबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।














