५ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिरिबाबुलाई आशिका तामाङको जवाफ- ‘मैले तपाईँसँग माफी मागेकै छैन’

फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा ललितपुरका मेयर चिरिबाबु महर्जनसँग चर्काचर्की भएपछि सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूले माफी नमागेको र प्रभावित क्षेत्रका जनतासँग स्थानीय तहहरूले माफी माग्नुपर्ने बताएकी छन्।

अ+ अ-

काठमाडौँ । फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग चर्काचर्की भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी छन्।

शुक्रबार सिँहदरबारमा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा आयोजित छलफलका क्रममा महर्जन र तामाङबीच भनाभन भएको थियो। त्यसपछि तामाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले महर्जनसँग माफी नमागेको बताएकी हुन्।

‘मेयर चिरिबाबुज्यूले मलाई “माफ” दिए रे ! मैले तपाईँसँग माफी मागेकै छैन,’ तामाङले लेखेकी छन्।

उनले काठमाडौँ उपत्यकाको फोहोर धादिङमा लगेर व्यवस्थापन गरिएको विषय उठाउँदै त्यसबाट प्रभावित स्थानीय बासिन्दाको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको प्रश्नसमेत उठाएकी छन्।

तामाङले लेखेकी छन्, ‘आफ्नो ठाउँ सफा चिटिक्क पार्ने, फोहोर जति धादिङमा लगेर खन्याउने ! अनि तपाईँसँग माफी मैले लिनुपर्ने ??? लाज, सरम भन्ने शब्द पनि होला नि। बरु तपाईँहरूले यत्रो वर्षसम्म त्यहाँको जनतामाथि गर्नुभएको स्वच्छ सास फेर्ने अधिकार हनन गर्नुभएकोमा “माफी” माग्नुस् !’

बैठकमा के भएको थियो ? 
यसअघि सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सनाले शुक्रबार सिंहदरबारमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल राखेका थिए।

छलफलका क्रममा सांसद तामाङले फोहोरबाट प्रभावित स्थानीय तहका प्रमुखहरू बैठकमा उपस्थित नभएको र उपस्थित प्रतिनिधिहरूलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद सुरु भएको थियो।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाएका थिए। उनले स्थानीय तहहरूमाथि खनिनुभन्दा फोहोरमैला व्यवस्थापनको इतिहास अध्ययन गर्नसमेत तामाङलाई आग्रह गरेका थिए।

‘हेर्नुस्, तपाईँको कुरा धेरै आक्रामक छ, यसरी हुँदैन। कुरा गर्दाखेरि फोहोरमैला व्यवस्थापनको इतिहास पनि स्टडी गर्नुपर्छ,’ महर्जनले भनेका थिए।

त्यसपछि तामाङले ‘छलफल यहाँ नभई बञ्चरेडाँडामा हुन्छ’ भन्दै टेबल ठोकेकी थिइन्। स्थानीय तहका प्रमुखहरूसँगको विवाद बढेपछि उनी छलफल कक्षबाट बाहिरिएकी थिइन्।

तामाङ बाहिरिएपछि स्थानीय तहका प्रमुखहरूले कार्यक्रमको संयोजन प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए। उनीहरूले आगामी दिनमा यस्ता छलफलको संयोजन प्रभावकारी बनाउन मन्त्री तिमिल्सिनाको ध्यानाकर्षणसमेत गराएका थिए।

0 Comments