६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

अ+ अ-

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् ।

“गत साउन २६ गते गएको पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्‍यायो नै । पहिरो लगातार गइरहेकाले घर पनि जोखिममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,” मीनाले भनिन्।

मीनाको जस्तै पिरले सताउने गरेको रातापानीकै भुवनलाई पनि । “शौचालय र भान्सा घरमा क्षतिमा पुर्‍याएको छ । पहिरो घरमा कतिखेर पस्ने थाहा छैन,” भुवनले भने, “डराइ–डराइ बस्नुपरेको छ । पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ ।” गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखिममा परेका छन् । स्थानीय रामसिंह बोहरा, धनुवा बोहरा, मिना बोहरा, गम्भिरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा रहेको छ । 

लगातारको पहिरोका कारण गाउँ नै त्रासमा रहेको स्थानीय लालबहादुर बोहराले बताए । पानी परेको समयमा घर छोडेर छिमेकीको घरमा जाने गरेको उनले जानकारी दिए। 

विसं “२०७८ देखि पहिरो जान थालेको हो । त्यसपछि लगातार पहिरो खसिरहेको छ,” उनले भने, “पटकपटक पहिरोको दीर्घकालिन रोकथामका लागि सम्बन्धित निकायसँगै माग गर्दै आएको भए पनि कुनै सुनुवाइ भएन । अहिले पहिरोको जोखिम बढ्दै गएको छ ।”

स्थानीयले पहिरो जोखिम कायमै रहेकाले बस्ती नै सार्नुपर्ने माग गरेका छन् । “घरमाथीको सबै जमिन चर्किएको छ । खानेपानीको पनि समस्या छ । बालबालिकालाई विद्यालय जान बाटो छैन,” पहिरोको जोखिममा रहेका कृष्ण बोहराले भने, “दीर्घकालीन समस्याको समाधानका लागि बस्ती नै सार्न सके राम्रो हुन्थ्यो ।”

४० रोपनी बढी खेतीयोग्य जमिनमा क्षति 

स्थानीय गम्भीर बोहराले लगातारको पहिरोका कारण आफ्नो मात्रै करिब १५ रोपनी बढी खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको बताए। “पहिरोले मकै बाली लगाएको सबै खेतीयोग्य जमिन बगायो । घर पनि जोखिममा छ । अब जाने काँ ?”, बोहराले आँखाबाट आशु झार्दै भने । 

बाँकी जमिन पनि चर्किएकाले थप क्षति हुन सक्ने स्थानीयले बताएका छन् । सुर्नया गाउँपालिका–८ वडाध्यक्ष भानबहादुर बोहराले ४० रोपनीबढी मकैबाली लगाएको खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको बताए । सो क्षेत्रमा मात्रै ४० रोपनी बढी खेतीयोग्य जमिनमा पहिरोले क्षति पुर्‍याएको उनले जानकारी दिए । 

प्रजिअसहितको टोलीद्वारा स्थलगत निरीक्षण 

शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ । सो क्षेत्रको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले प्रभावित परिवारलाई अर्को स्थानमा स्थानान्तरणको आवश्यकता रहेको बताइन्। बस्ती स्थानान्तरणका लागि टेन्ट तथा त्रिपाल लगायतका सामग्री लगायतका जोहो गर्नुपर्ने भएकाले यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताइन्।

“पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु भइसकेकाले खानेपानीको समस्या समाधानका लागि निर्देशन दिसकेका छौँ,” प्रजिअ अर्यालले भनिन्।

पहिरोले बाटोसमेत बगाएकाले विद्यार्थीलाई आधा घण्टाको दुरीमा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्ने छ ।

0 Comments