काठमाडौँ । रसुवा, उत्तरगया गाउँपालिका–१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण र आंशिक क्षति पुर्याएको छ ।शुक्रबार राति करिब १० बजे काजुलाबाट पहिरो आएर घर तथा गोठमा क्षति पुगेको हो । उक्त पहिरोबाट ६५ जना विस्थापित भएका छन् ।
उक्त पहिरोबाट कुनै मानवीय क्षति भएको छैन । पहिरोबाट पशुचौपाय तथा घरगोठ आंशिक तथा पूर्ण रूपमा क्षति हुँदा करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।






